रौतहट । सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्र अन्तर्गत अबैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थाई बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा सव डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयूक्त टोलीले गुजरा ४ लालबकैया नदी किनारबाट उक्त काठसहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाड़ीमा जंगलबाट अबैध चोरीलुकी ल्याईएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए ।
बरामद काठ र गाडीसहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।




