रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव बरामद भएको छ । गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन् ।
आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानियले देखेर सुरक्षा बेश दुधियाभारमा जानकारी गराएका थिए । सुरक्षा बेश दुधियाभारका प्रमुख इन्स्पेक्टर संजित कुमार सिंहको कमाण्डमा ५ जना र ईलाका प्रहरी कार्यालय गरुडाबाट १० जनाको संयूक्त टोलीले उक्त शवलाई बिहान ८ बजेर ५० मिनेटमा खोलाबाट बाहिर निकाली घटना स्थलामा मुचुल्क उठाउने कार्य भइरहेको छ ।
बरामद शवको हालसम्म पहिचान नखुलेको तथा पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाइने सशस्त्र प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।




