काठमाडौं । बैतडीको पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रसाद अवस्थीको जापानमा मृत्यु भएको छ । अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा मृत्यु भएको हुन् ।
मंगलबार साथीहरुसँग नुहाउन समुद्री किनार गएका उनको डुबेर मृत्यु भएको हो । लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ ।
सहयोगको आशामा परिवार
अध्ययनको शिलशिलामा ३ महिनाअघि मात्रै जापान पुगेका बैतडीको पाटन नगरपालिका ३ टाकुले बस्ने लक्ष्मी प्रसाद अवस्थीका छोरा २१ वर्षीय जनक प्रसाद अवस्थीको ३ दिन अघि जापानमा समुद्रमा डुबेर भएको असामहिक निधनले परिवार पुरै विक्षिप्त बनेको छ ।
चर्को ब्याजमा ऋण निकालेर पठाएको छोरा उतै अस्ताएको खबर साथीले यता घर परिवार र त्यहाँको पुलिसलाई खबर गर्दा त्यहाँको प्रहरीले निकालेर अस्पताल पुर्याएको र अन्ततस् जनक अवस्थीको दुखद निधन भएको छ ।
उक्त अस्पताल महँगो रहेको र उपचारकै ४/५ लाख दिन बाकी रहेको र दैनिक करिव ८८००० जति शव राखेको खर्च हुने भएको हुँदा झन जापानबाट नेपाल ल्याउन करिव २१/२२ लाख खर्च लाग्ने बताएपछि उतै सबै साथीले आफ्नो पैसाबाट खर्च गरेर अन्त्येष्टी गरेका छन् ।
महँगो शहर जापानमा आफ्ना भविष्यका सपनाहरु बोकेर हिडेको मान्छेको दुखद निधन पछि पनि दाहसंस्कारका लागि ठूलो पैसा करिव ३(४ लाख लागेको खबरले पुरै परिवार शोकमग्न भएको छ ।
सहयोगी मन भएकाहरुले उहाँको बुवा लक्ष्मी दत्त अवस्थीको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाको खातामा सहयोग गर्न सक्नुहुन्छ । कृपया सेवा नै धर्मको भावनाका साथ सहयोग गरिदिनु होला ।





