महोत्तरी । महोत्तरीमा विद्युतीय मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । महोत्तरीको भंगाहा नगरपालिका ६ सग्रामपुर बस्ने १८ वर्षीय कमलेश कुमार यादवको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।
खेतमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




