गोरखा । गोरखाको धार्चे गाउँपालिका ५ सिङग्लामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन् । आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।
गाउँपालिका अध्यक्षलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले घटना बारे जानकारी दिएका हुन् । उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।
प्रहरी टोली गोरखा लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ जाँदै छ । प्रहरी पुग्न ४ घण्टाको पैदल हिँडेर पुग्नुपर्ने भएकोले केहि समय लाग्ने उनको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।






