महोत्तरी । महोत्तरीबाट १० किलोग्राम अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । सोनमा गाउँपालिका ३ स्थित मरहा खोलाको किनारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित भारत सितामढी भेडहिया ग्राम पञ्चायत ५ भगवतिपुर बस्ने ६० वर्षीय शिवजी साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय खैयरवनी र प्रहरी चौकी रघुनाथपुरबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० एम ७९७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






