धनुषा । धनुषाधाम नगरपालिका २ मङ्गलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीया सुरजी मुखिया र उनको छोरा २१ वर्षीय नागेश्वर कुमार मुखियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले पुरानो रिसईवीको कारण भोगेन्द्र र उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुरलाई कुटपिट गर्दा गम्भीर घाइते भएको र प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा भोगेन्द्रको मृत्यु भएको हो ।
साथै कुटपिटबाट घाइते भएकी श्यामुको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




