दैलेख । डिभि निकेतन विद्यालयको वीरेन्द्रनगरको इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् । घाइते हुनेमा ५ छात्रा र ६ जना छात्र रहेका छन् ।
घाइते मध्ये पाँच कक्षामा अध्ययनरत रेनिषा भुसेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बाँकी घाइते विद्यार्थीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






