काठमाडौं । जनता समाजवादी पार्टी औपचारिक रुपमै फुट्ने भएको छ । अलग अलग जाने मार्ग खोलिदिन भन्दै आज दुवै पक्ष निर्वाचन आयोगमा पुगे । योसँगै जसपाको औपचारिक विभाजन आयोगबाट हुने सम्भावना बढेको छ । जसपा विभाजन भएपछि आधिकारिक पार्टी र चिन्ह कस्को हुने टुंगो लाग्न भने कठिन छ ।
जसपामा निर्वाचन आयोगमा भएका कार्यकारिणी समितिको नामावलीमा बहुमत उपेन्द्र यादव पक्षधर छन् । महन्थ ठाकुर कार्यकारिणी समितिमा अल्पमतमा छन् । तर, उनले फेरि आफ्नो पक्षमा बहुमत बनाउन कार्यकारिणी समिति सदस्य थपेर अद्यावधिक बनाउन आयोगमा नाम पठाएका छन् ।
उपेन्द्र यादवको पक्षमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरु अशोक राई, महेन्द्र राय यादव राजेन्द्र श्रेष्ठ लगायत छन् । महन्थ ठाकुरको पक्षमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव लगायत छन् । ५१ सदस्यीय कार्यकारिणीमा बहुमत उपेन्द्र यादवको पक्षमा छन् । ३१ यादव पक्षमा र ३० ठाकुरको पक्षमा देखिएका छन् ।
संसद्मा को बलियो ?
विघटित प्रतिनिधि सभामा जसपाका ३४ जना सांसदमध्ये रेशम चौधरी जेलमै छन् भने हरिनारायण चौधरी निलम्बनमा परेका छन् । बाँकी ३२ जना सदस्यमध्ये महन्थ–राजेन्द्र पक्षमा २० र उपेन्द्र–बाबुराम पक्षमा १२ जना खुलेका छन् । जसपाबाट राष्ट्रिय सभामा तीन जना सदस्य छन् । मृगेन्द्रसिंह यादव र प्रमिलाकुमारी यादव उपेन्द्र–बाबुराम पक्ष र शेखर सिंह ठाकुर–महतो पक्षमा छन् ।
यी हुन् महन्थ-राजेन्द्र पक्षका सांसद
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, एकवाल मियाँ, चन्दा चौधरी, दुलारीदेवी खङ, चन्द्रकान्त चौधरी, लक्ष्मणलाल कर्ण, प्रमोद साह, अमृता अग्रहरी, निर्जला राउत, रानी मण्डल, नरमाया ढकाल, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरुङ र रुही नाज ।
यी हुन् उपेन्द्र-बाबुराम पक्षका सांसद
बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय प्रसाद यादव, मोहम्मद इस्यियाक राई, डा सूर्यनाथ यादव, डा. सुरेन्द्र यादव, रामबाबु यादव, लिलादेवी सिटौला, प्रदीप यादव, रेणु यादव, महेन्द्र राय यादव ।






