धनुषा । औरही गाउँपालिका ५ हरूसाहा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिव ५३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विदेह नगरपालिका ७ लवटोली बस्ने २५ वर्षीय रोशन मण्डल र २५ वर्षीय रंजित मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय औरही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।






