काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, ओखलढुंगामा १, खोटाङमा ३७, झापामा १७६, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा ७, मोरङमा ११२, संखुवासभामा ६ र सुनसरीमा १३५ जनामा कोरोना भेटिएको छ ।
यसैगरी प्रदेश २ को धनुषामा ४, पर्सामा ७, बारामा १४, महोत्तरीमा २, रौतहटमा ६, सप्तरीमा ७, सर्लाहीमा ५ र सिरहामा ७ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा ३६५, काभ्रेमा २१, चितवनमा ९६, दोलखामा १३, धादिङमा १५, नुवाकोटमा ६६, भक्तपुरमा २९, मकवानपुरमा ३४, रसुवा २, रामेछापमा ४, ललितपुरमा १०५, सिन्धुली १६ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०३, गोरखामा ११, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९, पर्वतमा ९, म्याग्दीमा ५, लमजुङमा २ , बागलुङमा २६ र स्याङजामा १७ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, गुल्मीमा २, दाङमा १३, नवलपरासीमा ६, पाल्पामा ३४, प्युठानमा ३, बर्दियामा १, बाँकेमा १, रोल्पामा ४ र रुपन्देहीमा ३५ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, डोल्पा ५ दैलेखमा १३, मुगुमा १, रुकुम पश्चिममा ६, सल्यानमा ४, सुर्खेतमा २२ जनमा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ४, कैलालीमा १४, डडेल्धुरामा २, बैतडीमा १, दार्चुलामा १, र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।






