पर्सा । जगरनाथपुर गाउँपालिका ४ सोपुरबाट अवैध लागूऔषध गाँजा १७ किलोग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका २ दसौता टोल बस्ने ६० वर्षीय लक्ष्मण राउत र भारत बिहार राज्य घर भएका २० वर्षीय नयाज आलम रहेका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले लक्ष्मणको साथबाट ९ किलो र नयाजको साथबाट ८ किलो गाँजा फेला पारी पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देखि १ जना पुरूषले ५ किलोग्राम गाँजा फाली फरार भएका थिए । प्रहरीले उक्त गाँजा बरामद गरी हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






