सिरहा । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिराहाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको कर्जन्हा नगरपालिका ४ वडहराका २२ वर्षीय सुशील सदा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलीले लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको सिराहाका एसपी रमेश पण्डितले जानकारी दिए ।
भदौ १४ मा राति उनले १५ वर्षीया बालिकालाई बलात्कार गरेको उनीमाथि आरोप छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




