काठमाडौं । तमोर नदीमा आएको बाढीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार तमोर नदीले मुलघाट, धनकुटामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।
उक्त नदीले जलसतह पार गरेसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।






