काठमाडौं । भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा रहेको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
उक्त सुचना अनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो । भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहेछन् ।






