काठमाडौं । कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड ५९ लाखभन्दा बढी छ भने ४० लाख २० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ४६ लाख ४६ हजार ७ सय ४१ जना संक्रमित भएकोमा ६ लाख २१ हजार ९ सय ४ जनाको ज्यान गएको छ ।
कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख ९ हजार ५ सय ५७ पुगेको छ । भारतमा ज्यान गुमाउनेको संख्या ४ लाख ५ हजार ५७ पुगेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ९ हजार ३७ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको ५ लाख २८ हजार ६ सय ११ रहेको छ ।
यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो, रुस पाँचौँ, तर्की छैठौँ, बेलायत सातौँ, अर्जेन्टिना आठौँ, कोलम्विया नवौँ र इटाली दशौँ स्थानमा रहेको छ ।
वर्ल्डोमिटरको तथ्याक अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ३९ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ भने ९ हजार ३ सय २० जनाको ज्यान गइसकेको छ ।






