काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका कसैको पनि ज्यान गएको छैन । त्यस्तै १० देखि १९ वर्षका कसैको पनि ज्यान गएको छैन ।
त्यस्तै, आज २० देखि २९ वर्ष सम्मका १ जनाले ज्यान गुमाएका छन् । ३० देखि ३९ वर्षका ज्यान गुमाउने १ जना नागरिक छन् । ४० देखि ४९ वर्षका २ जना र ५० देखि ५९ वर्षका ४ जना रहेका छन् ।
कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिका रहेका छन् । ६० वर्ष भन्दा माथिका २१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ३०० जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै अहिले देशभर ५७२ जना आईसीयूमा र १५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ३२० पुगेको छ ।






