महोत्तरी । महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् । आज बिहान सडकको कल्भर्ट नजिक वडाध्यक्ष यादव मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालका अनुसार घटनास्थल नजिकै मोटरसाइकल पनि भेटिएको छ । घटनास्थल बर्दिबास नगरपालिका ८ मा पर्छ ।
उनी सवार मोटरसाइकल सडक छेउ र वडाध्यक्ष यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हुन् । उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष यादवको शव भेटिएपछि अहिले बर्दिबास-जलेश्वर सडक अवरुद्ध बनेको छ । स्थानीयको भीड लागेको छ । डिएसपी जयसवाल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।




