वीरगञ्ज । बारामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका १ अधाभारस्थित अमलेखगञ्जबाट पथलैया आउँदै गरेको बा ५८ प ४१४५ नम्बरको मोटरसाइकल र पथलैयाबाट हेटौंडा जाँदै गरेको बिएबि ५०३५ नम्बरको कार एकआपसमा ठोक्किँएको हो ।
दुर्घटनामा परी सर्लाही जिल्ला बागमती नगरपालिका ४ जिराईत टोल निवासी ३५ वर्षीय मानबहादुर प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार चालक काठमाडौं निवासी मनोज घिमिरेसहित कार र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




