मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर पनि मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता कुनै कुराले मनमा शान्ति र प्रसन्नता मिल्नेछ । शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्ने र फाइदा हुनेछ । मध्य साताबाट यो सातामा घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता चिताएको कामले तीव्रता लिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला । विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन् । फजुल खर्चले चिन्ता बढाउनेछ । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । नयाँ कार्यको योजना पनि बन्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता धार्मिक यात्राको योग छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । शेयर बजारको लगानी डुब्ने भय पनि छ अतः सचेत रहनु होला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिलो परिकार खान पनि पाइनेछ, तर शेयर बजारको लगानी डुब्ने भय पनि छ अतः सचेत रहनु होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता समाजसेवामा मन लाग्नेछ । कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नु पर्ला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता समस्यापूर्ण र बेफाइदाका यात्रा हुनेछन् । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । साताको अन्त्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । शेयर बजारको लगानी पनि फस्टाउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट अधिक सफलता मिल्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ । साताको मध्यमा नियमित खर्च बढ्ने योग छ साथै शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता धार्मिक तथा शुभकार्यको लागि यात्राको योग रहेको छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कलकारखाना र बन्दव्यापारमा विस्तारै फाइदा हुनेछ । (अधिक जानकारीका लागि 977-9849559502 )






