काठमाडौं । नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीभित्र बेहोस भएका तीन व्यक्तिको मृत्यु भएको छ । विनय त्रिवेणी गाउँपालिका ७ का ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ७ का २८ वर्षीय मोहम्द राजाको निधन भएको हो ।
शुक्रबार बिहान ११ बजे उनीहरू वडा नम्बर ७ का भोलासिंह क्षेत्रीको सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा बेहोस भएर ट्यांकीभित्र लडेका थिए । उपचारको क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
प्रकाशसिंह, भोलासिंह क्षेत्रीका छोरा हुन् । प्रहरीले यस घटना बारे थप अनुसन्धान गरिरहेको डिएसपी पौडेलले बताए ।






