काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ करेनडाँडामा एउटा एम्बुलेन्समा आगलागी भएको छ । सिद्धार्थ राजमार्गमा वालिङबाट पोखरातर्फ बिरामी लिएर गइरहेको एम्बुलेन्समा अचानक तार सर्ट भई शुक्रबार राति आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाका अनुसार, आगलागीका कारण गह्रौँ प्राथमिक अस्पताल वालिङको ग १ झ २७८ नम्बरको एम्बुलेन्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
यद्यपि, आगलागीका कारण मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यसबारे जानकारी दिएको छ ।






