काठमाडौं । सरकारले काठमाडौं तराई मधेस द्रुतमार्ग सडक निर्माणको लागि अधिग्रहण गर्न बाँकी रहेको जग्गामा मुआब्जा वितरण गर्दा लाग्ने पुँजीगत लाभकरमा छुट दिने निर्णय गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८ (१) अनुसार यो छुट दिने स्वीकृति प्रदान गरेको हो ।
साथै, मन्त्रिपरिषद् बैठकले नुवाकोटको विदुर नगरपालिकामा पर्ने पीपलटार देउडी सडक निर्माणको लागि राष्ट्रिय वनको पाँच दशमलव एक सय ४२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । यो निर्णयको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन् ।




