धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ मा एक पोखरीमा डुबेर तीन बालकको दुखद निधन भएको छ । मृत्यु हुने बालकहरूमा १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले यस घटनाको पुष्टि गरेका छन् । उनीहरू आफ्नो हजुरबुबा महावीर साहको घरमा भोज खाने क्रममा पुगेका थिए ।
ती बालकहरू महावीर साहका तीन छोरीका जेठा छोराहरू भएको जानकारी प्राप्त भएको छ । हाल शवहरूलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।




