काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर बदली रहनेछ । आज मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ ।
प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षा हुनेछ । राति पनि प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार मंगलबार प्रदेश १, २, बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।






