बारा । जितपुर सिमरा उपमहानगरपालिका २१ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्रामसहित चितवन राप्ती नगरपालिका ३ झुरझुरे बस्ने २६ वर्षीय विज्ञान तिमल्सिना समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक तिमल्सिना समेत दुई जनालाई पक्राउ गरेको हो ।






