सिराहा । सिराहाको मिर्चैया नगरपालिका ५ स्कुलटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका २ टुर्किया टोल बस्ने ४० वर्षीया गिता कुमारी साह र मिर्चैया नगरपालिका ५ स्कुलटोल बस्ने ४० वर्षीया प्रमिला देबी साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




