तनहुँ । तनहुँमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका वडा नम्बर ६ कुमालडाँडा फेदीका ५८ वर्षीय शेरबहादुर कुमाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भीमाद ६ रङ्गशाला नजिकैको सिसौघारीमा सुकेको रुख काट्ने क्रममा ढलेको रूखले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






