गोरखा । गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा शनिबार टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर भएका २६ वर्षका लेसनायक सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । दुबै जना गोरखास्थित नेपाली सेनाको रिप मर्दन गणमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
गोरखा बजारबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव पाठकले बताए । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




