सिराहा । कर्जन्हा नगरपालिका १० प्रयागपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा धनुषाधाम नगरपालिका ३ बस्ने ३५ वर्षीय उमेश ठाकुर र बटेश्वर गाउँपालिका २ बटेश्वर बस्ने ५० वर्षीय प्रबेश ठाकुर रहेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मिर्चैयाबाट बन्दीपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००४ प ३३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




