काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ९ वर्ष १९ वर्षसम्मका कसैको पनि ज्यान गएको छैन् ।
त्यस्तै, आज २० देखि २९ वर्ष सम्मका १ जनाले ज्यान गुमाएका छन् । ३० देखि ३९ वर्षका ज्यान गुमाउने नागरिक संख्या १ जना रहेको छ । ४० देखि ४९ वर्षका कसैको ज्यान गएको छैन भने ५० देखि ५९ वर्षका ३ जना रहेका छन् ।
कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिका रहेका छन् । ६० वर्ष भन्दा माथिका १३ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ३०४ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै अहिले देशभर ५९९ जना आईसीयूमा र १७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ४३० पुगेको छ ।






