काठमाडौं । पोखरा महानगरपालिका १३ को वडा कार्यालयको कार्यकक्षमा २ लाख रुपैयाँ नगदसहितको झोला भेटिएको छ । आइतबार साँझ ५ बजे वडासचिव अन्जु गुरुङको कार्यकक्षको सोफामा बेवारिसे रूपमा झोला फेला परेको हो ।
झोलामा २ लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्ट र बाइकको चाबी समेत रहेका छन् । झोला कसको हो र किन छोडिएको हो भन्ने कुरा भने प्रहरीले खुलाउन सकेको छैन ।
अहिले उक्त झोला वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ । प्रहरीले झोला छोड्ने व्यक्तिले प्रमाणित गर्ने कागजातसहित सम्पर्क गर्न अनुरोध गरेको छ ।






