महोत्तरी । महोत्तरीको जलेश्वरमा आगलागी भएको छ । जलेश्वरको दुर्गाचोक नजिक रहेको अरविन्द साहले संचालन गर्दै आएको टेन्ट हाउसमा आगलागी हुँदा ग्यास सिलिन्डरहरू विष्फोट भएका छन्, जसले गर्दा आगो घरभरि फैलिएको छ ।
आगो नियन्त्रणका लागि जलेश्वर, मटिहानी र रामगोपालपुर नगरपालिकाका दमकलहरू तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
अहिलेसम्म आगलागीको कारण र भएको क्षतिको एकीन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तु लालप्रसाद जैसवारले जानकारी दिएका छन् ।




