धनुषा । मिथिला नगरपालिका ६ ढल्केवर चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जनकपुर उपमहानगरपालिका १ भानुचोक बस्ने २५ वर्षीय रविन्द्र ठाकुर र २४ वर्षीय अमित कुमार साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००६ प ५१०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






