वीरगन्ज । पर्सामा आएको बाढीले नेपाल–भारत सिमानामा पर्ने एउटा पिलर बगाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, तीन दिन अगाडि जिराभवानी गाउँपालिकास्थित ओरिया खोलामा आएको बाढीले पिलरलाई बगाएको हो ।
प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार, हराएको पिलर नेपाल–भारत सिमानामा रहेको ४२६/२६ नम्बरको पिलर हो । बाढीले करिब ३० देखि ४० फिट जमिन कटान गरेको कारण पिलर बगाएको प्रहरीले जानकारी दिएको छ ।
हराएको पिलरको खोजी कार्य जारी रहेको छ, र स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको छ ।




