सिमकोट । ताँजकोट गाउँपालिका ४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना भएको छ । रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर ३०० मिटर तल खसेको हो । जीप खस्दा घट्नास्थलमै दुई जनाको मृत्यु भएको छ ।
हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ का करिव ६ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर ३०० मिटर तल खसेको थियो । मृतक परियार दशैं मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।






