मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो हप्ता हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । शेयर बजारको लगानी पनि राम्रै रहला । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता प्राविधिक काममा सफलता प्राप्त हुनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । धनसञ्चय र भौतिक सुखको अवसर प्राप्त हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा परोपकारी कार्यमा संलग्न भइनेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । मध्य साताबाट मानसिक चिन्ता बढ्नेछ । लगनशीलताको कमीले ठूलो उपलब्धि हातपार्न नसकिएला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्ति लागि संघर्ष गर्नु पर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिको लागि यो साता परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्तामा रोकिएका काम पुनः सुरु हुन सक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ । जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा डुबेको धन उकास्न निकै दौडधुप गर्नुपर्छ । कामको सिलसिलामा व्यस्त हुने समय रहेको छ । प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । बुधवारबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । साताको अन्त्यमा नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । कसै सैलाई परदेशी घर फर्कने र घर परिवारमा रमाइलो वातावरण छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मध्य सातामा महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता दबाब र तनाव बढेको महसुस हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ । साताको मध्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । कृषि कार्यमा पनि सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता भाग्यले साथ दिनेछ भने गरेको कामबाट राम्रै सफलता हात पर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । बुधवारबाट कामहरू अधुरै रहनसक्छ । शेयर बजारको लगानी डुब्ने भय पनि छ सचेत रहनु होला । (अधिक जानकारीका लागि 977-9849559502)






