सप्तरी । कंचनरूप नगरपालिका ७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा भगवानपुर गाउँपालिका १ बस्ने ३६ वर्षीय चन्देश्वर चौधरी र सोही गाउँपालिका २ बस्ने ५६ वर्षीय राम दुलार यादव रहेका छन् ।
प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट कंचनपुरतर्फ आउँदै गरेको बिआर ०७ बिए ४५७८ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक चन्देश्वर र गाडीमा सवार राम दुलारलाई पक्राउ गरेको हो ।






