काठमाडौं । जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज तिला गाउँपालिका ३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका ७ सर्मीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो ।
क १ प १६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तातोपानी ७ सर्मी गाउँका अन्दाजी ३१ वर्षीय हेमराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालले जानकारी दिए ।
मोटरसाइकल सडकबाट अन्दाजी १ सय ६० मिटर तल भेरी खोलाको छेउमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा परी हेमराजका छोरा अन्दाजी नौ वर्षीय परिश्रमको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।






