सुर्खेत । सुर्खेतमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका ८ का ५० वर्षीय महेश पौडेलको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार, पौडेल दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनापछि पौडेललाई तत्क्षण प्रदेश अस्पतालमा पुर्याइएको थियो, जहाँ साँझ ८ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार, तीव्र गतिमा चलिरहेको मोटरसाइकलले गाईसँग ठोक्किएर दुर्घटना भएको थियो ।






