बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा एक दर्दनाक घटना सार्वजनिक भएको छ । बाबुले आफ्नै छोराको हत्या गरेका छन् । स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट फालेर हत्या गरेको आरोप लागेको छ ।
प्रहरीका अनुसार, पुनले गएराति बजार क्षेत्र नजिक रहेको भीरबाट छोरालाई काठेखोलामा फालेका थिए । प्रत्यक्षदर्शीले घटना बारे प्रहरीलाई खबर गरेपछि पुनलाई तत्काल पक्राउ गरिएको हो ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर खोलाबाट बालकको शव बरामद गरेको छ । घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको छ ।
स्रोतका अनुसार पारिवारिक झगडाका कारण यस्तो दर्दनाक घटना भएको हुन सक्ने अनुमान गरिएको छ, तर घटना सम्बन्धी विस्तृत अनुसन्धान भइरहेको छ ।






