काठमाडौं । ललितपुरको सातदोबाटोबाट ग्वार्कोतिर जाँदै गरेको बसमा अचानक आगलागी भएको छ । आगलागीले मानवीय क्षति त गरेको छैन, तर बस पूर्ण रूपमा जलेको छ ।
शनिबार अपरान्ह ललितपुर महानगरपालिका १५ स्थित सातदोबाटो चोक नजिक चक्रपथमा चलिरहेको महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगो लागेको भन्ने जानकारी ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले दिए ।
प्रहरीका अनुसार, बस रोकिएको अवस्थामा अचानक तार ‘सट’ भएर आगलागी भएको हो । आगलागीको सूचना प्राप्त हुना साथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकलहरूलाई प्रयोग गरेर आगो निभाइएको छ । बस आगलागीले पूर्ण रूपमा क्षति पुगेको छ ।




