कैलाली । शनिबार कैलालीमा दुई अलग अलग घटनामा प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका २ स्थित बालाराम बाजुरा होटलबाट २५ वर्षीया अस्मिता बोहरालाई २२ ग्राम ८ सय ४० मिलिग्राम चरेशसहित पक्राउ गरिएको हो । प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी, भजनी नगरपालिका १ गोदाम टोलबाट २० वर्षीय शुसील साउद र २७ वर्षीय विरेन्द्र बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने ४ ग्राम ५ सय १० मिलिग्राम पदार्थसहित शनिबार बेलुकी पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीले अवैध लागूऔषधको कारोबार नियन्त्रण गर्नका लागि निरन्तर प्रयास गरिरहेको छ र पक्राउ परेका ती व्यक्तिहरूको विरुद्ध आवश्यक अनुसन्धान र कानुनी कारवाहीको प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।






