सर्लाही । बागमती नगरपालिका १२ स्थित भरत ताल जाने सडकबाट आइतबार साँझ प्रहरीले ६ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका ९ निवासी ४२ वर्षीय राम अयोध्या मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले मुखियालाई ना ३० प २१७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा सवार अर्का एक व्यक्ति भने घटनास्थलबाट फरार भएका छन्, र हाल प्रहरी उनको खोजी कार्यमा जुटिरहेको छ ।
प्रहरीले उक्त घटनामा संलग्न फरार व्यक्तिलाई शीघ्र पक्राउ गर्ने प्रयास जारी राखेको जानकारी दिएको छ ।






