सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगंजस्थित सडकबाट अवैध लागूऔषध ५ किलो गाँजासहित भारतको सितामडी थाना बेला बथौडा ग्राम पंचायत मुजलियाका २० वर्षीय शंकर रामलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले बीआर ३० टी ४०२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा फेला पारेको थियो । शंकर रामलाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।




