बारा । बाराको महागढीमाई नगरपालिका १ सेमरा तेगछीया सानो टोल निवासी एक वृद्धको धारिलो हतियारले घाँटी रेटी शनिबार हत्या भएको छ । भूमिसुधार भनिने ६० वर्षीय श्रीनारायण यादवको घर नजिकैको सडकमा राति ८ बजेतिर अज्ञात समूहले हत्या गरेको हो ।
शव कलैया प्रादेशिक अस्पताल पुर्याइएको छ । अस्पताल लैजाँदै गर्दा यादवको बाटैमा मृत्यु भएको अस्पालमा खटिएका प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।




