वीरगंज । इलाका प्रहरी कार्यालय बारागढीले लागूऔषध बिक्रीमा संलग्न रहेको आरोपमा एक क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ । बारागढी गाउँपालिका २ स्थित मलाहीचोकमा रहेको एमआर पोलिक्लिनिकका सञ्चालक राजेश साह कानुलाई लागूऔषध बिक्री गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो ।
प्रहरीले सो क्लिनिकमा चेकजाँच गर्दा कोरेक्स ५ थान, नाइट्रोभ्याट ४७ पिस, ट्रमवेल २० पिस, साथै लोरी, बुप्रिजेसिक र फेनारगन ३/३ पिससहित विभिन्न प्रकारका लागूऔषध बरामद गरेको जनाएको छ ।






