वीरगंज । वीरगंज महानगरपालिका १४ स्थित गण्डक चेकपोस्टमा मंगलबार राति लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ना ६ ख ७२२७ नम्बरको बसमा सवार बारा, महागढीमाई नगरपालिका ७ तेलकुवा टोल निवासी २० वर्षीय ओमबाबु कुशवाहा र २० वर्षीय सैलेश यादवलाई विभिन्न प्रकारका लागूऔषधसहित फेला पारेको हो ।
पक्राउ परेका कुशवाहासँग नुर्फिनका ४७३ एम्पुल, फेनारगनका ५१६ एम्पुल र डाईजेपामका ४९२ एम्पुल बरामद गरिएको छ भने यादवसँग फेनारगनका ४९४ एम्पुल, नुर्फिनका ५२७ एम्पुल र डाईजेपामका ४९४ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






