सल्यान । सल्यानमा गुडिरहेको एक फोर्स गाडीमा अचानक आगलागी भएको छ । नेपालगन्जबाट रुकूम पश्चिमतर्फ जाँदै गरेको गाडी, जिल्लाको बाग्चौर नगरपालिका १ स्थित चोरखोला नजिकै आगलागीमा परेको हो ।
गाडीमा आगलागी भएपछि यात्रुहरूको भागदौड भएको थियो । आगलागीका थप विवरण आउन बाँकी रहेको जानकारी जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले दिएका छन् ।
थारमारेबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ, र प्रारम्भिक अनुमान अनुसार गाडीमा तार सर्ट भएर आगलागी भएको हुन सक्छ । गाडीमा २९ जना सवार थिए । गाडी पूरै जलेपछि यात्रुहरूको सबै सामान नष्ट भएको बताइएको छ ।






