रौतहट । रौतहटको फतुवा-विजयपुर क्षेत्रको बुट्वा राङि गाउँमा जंगली हात्तीको आक्रमणमा एक महिलाको ज्यान गएको छ । शुक्रबार बिहान आफ्नै घरभित्र सुतिरहेकी ७० वर्षीया पातली तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
घटनाको समय मृतकका श्रीमानले भागेर ज्यान जोगाउन सफल भएका छन् । फतुवा-विजयपुर ११ मा हात्तीले घरमा हमला गर्दा तामाङको घर पूर्ण रूपमा ध्वस्त भएको मेयर अजय तिमल्सिनाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले घटनाको पुष्टि गर्दै थप अनुसन्धानका लागि नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प विजयपुरको टोली घटनास्थलमा खटाइएको बताए ।




